Nepal

English French German Italian Portuguese Russian Spanish

Nabita Shrestha, a fascinated table tennis player

Nepal News - Tue, 30/11/2021 - 19:33

Table tennis, often known as Ping Pong, was a favorite after-dinner sport among Victorian England's upper class. During their rule over India in the 1860s and 1970s, British military officers introduced makeshift versions of the game to the country.

The sport grew in popularity, and a number of competitions were staged in 1901 and by the same year, books were being written about the game. The first unofficial Table Tennis World Championship took place in 1902. The Table Tennis Association (TTA) was established in 1921, while the United States Table Tennis Association (USTTA) was established in 1933 by the US governing body.

Table tennis which is one of the oldest sports in Nepal was established officially as the All Nepal Table Tennis Association in 1950 AD. Nepal has represented many international tournaments and has organized national games since its establishment.

nepalnews

29-year-old Nabita Shrestha was fascinated by table tennis ever since she first heard about it during her childhood. She had always been enthusiastic about sports and would play whatever was available at school. "I was still quite young when I first learned about table tennis", she says. "Seniors in my school wouldn't let juniors play much. But that didn't stop me from playing. I was so fascinated that I could play anywhere, including on the floor, cemented board, and even on the wooden ply of the bed,” she adds. Shrestha later went on to become a national table tennis player in Nepal.


nepalnews

"I used to play taekwondo before I discovered table tennis. My parents, especially my father, were upset when I told them I wanted to play table tennis instead of taekwondo", she says. With the support of her coach who never stopped encouraging her, Shrestha kept playing despite her father's disapproval. "I'll never forget the day I was chosen for the first time to represent my school in table tennis. That is the most memorable and happy event of my life because I began to consider table tennis as an important part of my life from that day forward," she says.

Shrestha, a 9-time national gold medallist, has also won numerous international medals since she was a member of Nepal's junior Table Tennis team. She just won bronze in the 13th South Asian Games, which were held in Nepal. She was also nominated twice for the Bajaj Pulsar Sports People's Choice Award and was named Best Player of the Year by the Nepal National and International Players Association in 2011, 2012, and 2013.


nepalnews

Shrestha is not only a player, but she is also a coach, a national referee, an executive member of the Kathmandu District Table Tennis Association and the Nepal National and International Players' Association (NNIPA), and the secretary of the Baneshwor Rotary Club.

Shrestha is now married and has a child, but her passion for table tennis has not gone. "My husband, who is also a table tennis player and coach, has always been my biggest supporter, not just in my table tennis profession but also in my personal life, since the day I met him. Despite the fact that we have a child and it might be difficult to manage time, he has always been supportive of my games and training," shares Shrestha.

nepalnews

Shrestha also established the Stag Champion Table Tennis Academy where she, her husband, Rakesh Maharjan, and national player Alina Maharjan train roughly 14 young players. "Being a sportsperson, no matter where you are in the world is not a terrible thing if you are talented and hardworking. The majority of Nepalese athletes are dissatisfied with the government's facilities, and they must purchase their own sporting equipment; nonetheless, this does not prevent us from continuing to do what we love. Discipline, hard effort, smart work, commitment, dedication, and enthusiasm, in my opinion, are the fundamental qualities for anyone to be successful in life, whether in sports or not," Shrestha says.

Categories: Nepal

कांग्रेस नेता जोशीको गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

News of Nepal - Tue, 30/11/2021 - 17:31

गण्डकी ।

नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । पोखरामा आज उम्मेदवारी घोषणा गर्दै उहाँले गण्डकी प्रदेशमा पार्टी सङ्गठन बलियो बनाउन, कांग्रेसको पहिचन राख्न सक्ने उम्मेदवार बन्न साथीहरूले आग्रह गरेकाले अगाडि बढेको बताउनुभयो ।

कांग्रेसको अधिवेशन केवल पार्टीका लागि मात्र नभई नेपालको राष्ट्रियतालाई बलियो बनाउनुको साथसाथै जनताको अधिकार स्थापित गर्नका लागि कोसेढुङ्गा सावित हुनुपर्ने उहाँले बताउनुभयो ।

अधिवेशन कसैको जित हारभन्दा पनि कांग्रेसलाई जनताको पार्टी बनाउने र जनताको बीचमा स्थापित गराउने अभियानमा रहेको उहाँले स्पष्ट पार्नुभयो । पर्वतमा लामो समय पार्टी सभापतिको जिम्मेवारी सम्हालेका पूर्वसांसद जोशी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ ।

Categories: Nepal

एमालेमा अधिकांश पदाधिकारी तथा सदस्य निर्विरोध (सूचीसहित)

News of Nepal - Tue, 30/11/2021 - 16:39

चितवन ।

नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा अधिकांश पदमा निविरोध भएको छ । महाधिवेशनमा १७५ पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी केन्द्रीय अनुशासन आयोगमा र केन्द्रीय लेखा आयोगमा २५/२५ जना निर्विरोध निर्वाचित हुनुभएको छ ।

एमालेको केन्द्रीय समिति ३०१ सदस्य रहेको छ । त्यसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली तथा विष्णुप्रसाद रिमाल निर्विरोध निर्वाचित हुनुभएको हो ।

यसैगरी प्रदेश नं २ मा खुलातर्फ अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ र सुमन प्याकुरेल निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश नं २ को महिलातर्फ कल्पनाकुमारी कटुवाल र रन्जना सरकार निर्विरोध निर्वाचित हुनुभएको एमालेको निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो ।

बागमती प्रदेशको खुला सदस्यमा आनन्दप्रसाद पोखरेल, कृष्णबहादुर राई, कैलाशप्रसाद ढुङ्गेल, खेमप्रसाद लोहनी, रामेश्वर रानामगर र सरेश नेपाल निर्विरोध निर्वाचित हुनुभएको हो । महिलातर्फ पार्वती रावल, पेम्बा लामा र रचना खड्का निर्वाचित हुनुभएको छ ।

गण्डकी प्रदेशको खुल्ला सदस्यमा इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी निर्विरोध हुनुभएको हो । गण्डकी प्रदेशको महिलातर्फ नरदेवी पुनमगर, मीनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री निर्विरोध हुनुभएको छ ।

लुम्बिनी प्रदेशको खुला सदस्यमा खेममान खड्का, दिनेश पन्थी, नवीन रोक्का मगर, भूमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल निर्वाचित हुनुभएको छ भने महिलातर्फ मेनका पोखरेल, सरिता खनाल र साविता अर्याल निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशको खुलातर्फ गुलाबजङ्ग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नगिन्द्र शाही, नीरज आचार्य र विष्णु रिमाल एवं महिलातर्फ तीर्था गौतम, मीना सिंह रखाल र मनमाया ढकाल निर्विरोध निर्वाचित हुनुभएको हो ।

सुदूरपश्चिमको खुला सदस्यमा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, झपडबहादुर बोहोरा, नारदमणि राना, भैरवबहादुर सिंह र लिलाधर भट्ट निर्वाचित हुनुभएको छ । उपत्यका विशेष खुला सदस्यमा माधव ढुङ्गेल, महिलामा वीनाकुमारी श्रेष्ठ, सम्पर्क समन्वय सदस्य खुलातर्फ नरेन्द्रकुमार श्रेष्ठ र महिलामा कल्पना थापा निर्विरोध हुनुभएको छ ।

यस्तै आदिवासी जनजाति सदस्यमा खुलातर्फ आइन्द्र सुन्दर नेम्वाङ, कमलजङ्ग राई, केशव स्थापित, खगेन्द्र राई, गोकुलप्रसाद घर्तीमगर, जमिन्द्रमान घले, टेकबहादुर बलम्पाकी, डम्बरसिं सम्बाहाम्फे, डा अजयक्रान्ति शाक्य, दलबहादुर राना, दावा तामाङ, पासाङ शेर्पा, लिलबहादुर थापामगर, विद्यासुन्दर शाक्य, सिपी घर्ती, हरिबहादुर राजवंशी र हरिबहादुर राई निर्विरोध निर्वाचित हुनुभएको छ ।

आदिवासी जनजाति महिलातर्फ अमृता सुब्बा, ईश्वरी घर्ती, उर्मिला थेवे, जुनेलिमाया श्रेष्ठ, टसी स्याङ्बो गुरुङसेनी, तारादेवी राई, सावित्रा राना र सूर्यकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ । मधेशी सदस्य खुलातर्फ कुन्दनप्रसाद कुसवाहा, गङ्गाप्रसाद यादव, मोतिलाल दुगड, जगदिशप्रसाद कुसियैत, पशुपति दयाल शर्मा, प्रभु हजारा, प्रमोदनारायण यादव, राजकुमारप्रसाद गुप्ता, रामचन्द्र मण्डल, रामलाल साह, सरोजकुमार यादव, सुशीलकुमार श्रीवास्तव र हरिनारायण महतो निर्विरोध निर्वाचित हुनुभएको छ ।

मधेशी महिलातर्फ कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रीतादेवी साह, शिला यादव र सरिताकुमारी गिरी निर्वाचित हुनुभएको छ । दलित सदस्यमा महिलातर्फ विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्विरोध निर्वाचित हुनुभएको छ । थारु महिला सदस्यमा गङ्गा चौधरी र मन्जुकुमारी चौधरी निर्वाचित हुनुभएको छ ।

मुस्लिम खुला सदस्यतर्फ तैयव हुसेन मियाँ, महम्मद समिर, महम्मद हारुन हलुवाई र सिराज अहमद फारुकी निर्वाचित हुनुभएको छ । मुस्लिम महिलातर्फ साजिदा खातुन सिद्दिकी निर्वाचित हुनुभएको छ । श्रमिक खुला सदस्यमा कमल गौतम, बाबुराम थापा, रमेश बडाल र विनोद श्रेष्ठ तथा महिलातर्फ मञ्जुकुमारी थापामगर र सीता लामा निर्विरोध निर्वाचित हुनुभएको छ । पिछडिएको क्षेत्र महिलातर्फ बदमी क्वारा बुढा निर्वाचित हुनुभएको छ ।

खुला महिला सदस्यमा अम्बिका थापा, इन्दु कडरिया, उषाकिरण तिमिल्सिना, श्रीमाया थकाली, कोमल ओली, गीता अधिकारी, गोमा आचार्य, गौरीकुमारी ओली, जानुका सिङ्खडा, टुका हमाल, डा शिवमाया तुम्बाहाम्फे, तुलसाकुमारी दाहाल, थममाया थापा, दक्षिणा शाही, दीपा शर्मा र नविना लामा निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी निरकुमारी कँुवर, निरुदेवी पाल, निर्मला देवकोटा, प्रतीक्षा तिवारी, प्रभा बराल, बालिका गिरी, विमला घिमिरे, बुधनीदेवी महतो, भगवती चौधरी, भगवती न्यौपाने, भारती पाठक, मनकुमारी जिसी, ममता गिरी, मीना उप्रेती, मैनाकुमारी भण्डारी, लक्ष्मी गौतम, लिलाकुमारी भण्डारी, विद्या भट्टराई, वीना राई, विन्दा ढुङ्गाना, विन्दा पाण्डे, शर्मिला कार्की र शान्ता चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ ।

शान्तिदेवी ढकाल, शोभा ज्ञवाली, सम्झना देवकोटा, सकुन्तला बस्नेत, सरस्वती बस्नेत, सरिता न्यौपाने, सीता गिरी, सीता न्यौपाने, सीता पौडेल, सिर्जना काफ्ले, सीताकुमारी सुन्दास, सुजिता शाक्य, सुनिता बराल र सुशीला नेपाल निर्वाचित हुनुभएको छ ।

अनुशासन आयोगको अध्यक्षमा केशवप्रसाद बडाल, उपाध्यक्षमा नेत्रप्रसाद पन्थी र सचिवमा प्रा डा भरतराज पहारीसहित २२ सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेल, उपाध्यक्षमा विष्णु पन्थी, सचिवमा शिव अधिकारी र २२ सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

Categories: Nepal

यी हुन् एमालेका निर्वाचित पदाधिकारी तथा सदस्यहरु (सूचीसहित)

News of Nepal - Tue, 30/11/2021 - 16:08

चितवन ।

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली सर्वाधिक मतका साथ विजयी हुनुभएको छ । उहाँले एक हजार ८३७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रत्याशी डा भीमबहादुर रावलले २२३ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले एक हजार ९७६, सुरेन्द्रप्रसाद पाण्डेले एक हजार ९२५, सुवासचन्द्र नेम्वाङले एक हजार ८६५, विष्णु पौडेलले एक हजार ८५६, युवराज ज्ञावलीले एक हजार ८४२ र रामबहादुर थापाले एक हजार ७६८ मत ल्याई विजयी हुनुभएको छ । उपाध्यक्षका प्रत्याशी घनश्याम भुसालले भने ७२५ मत मात्र प्राप्त गर्नुभयो ।

सचिव पदमा गोकर्ण विष्टले एक हजार ९७४, योगेश भट्टराईले एक हजार ९६०, पद्माकुमारी अर्यालले एक हजार ७९९, छविलाल विश्वकर्माले एक हजार ८०३, लेखराज भट्टले एक हजार ७०४, टोपबहादुर रायमाझीले एक हजार ८०४ र रघुविर महासेठले एक हजार ५०० मत ल्याई विजयी हुनुभएको छ । सो पदका प्रत्यासी भीमप्रसाद आचार्यले ७८८ र टङ्कप्रसाद कार्कीले ५५९ मत प्राप्त गर्नुभयो ।

यसअघि नै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदिप ज्ञावली तथा विष्णु रिमाल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

सदस्यमा प्रदेश नं १ बाट खुल्लामा किशोरकुमार अधिकारी, टङ्क आङ्वुहाङ ९लिम्बु०, तिलकुमार मेन्याङ्वो लिम्बु, परसुराम अधिकारी, वसन्तकुमार नेम्वाङ र राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । प्रदेश नं १ को महिलातर्फ केन्द्रीय सदस्यमा उषाकला राई, मञ्जु भण्डारी र मेनुका काफ्ले विजयी हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेश महिला सदस्यमा कमलाकुमारी ओली, कुमारी कमला बोहोरा र सन्तोष शर्मा थापा विजयी हुनुभएको छ । यस्तै दलित खुल्ला सदस्यमा ईश्वरी रिजाल, गोविन्दबहादुर नेपाली, जङ्गबहादुर नेपाली, जीतु गौतम, पुरनसिंह दयाल, बोमबहादुर विश्वकर्मा, रामदयाल मण्डल र रामप्रित राम विजयी हुनुभएको छ ।

थारु खुल्ला सदस्यमा गौरीशङ्कर थारु चौधरी, कृपाराम राना थारु, बलवीरप्रसाद चौधरी, बैजनाथ चौधरी र जयप्रकाश थारु विजयी हुनुभएको छ । यस्तै पिछडिएको क्षेत्रबाट सदस्यमा भैरवसुन्दर श्रेष्ठ, मोहन बानियाँ र लालबहादुर थापा विजयी हुनुभएको छ ।

खुल्ला केन्द्रीय सदस्यमा अग्निप्रसाद खरेल, अच्युतप्रसाद मैनाली, अरुण नेपाल, कमलप्रसाद चौलागाईं, कपिलदेव पोखरेल, कर्णबहादुर थापा, काशीनाथ अधिकारी, किरण गुरुङ, किरण पौडेल, किशोरबिक्रम मल्ल, कुमार दसौदी, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद दाहाल, कृष्णप्रसाद पौडेल, कृष्णबहादुर थापा, खगराज अधिकारी, खड्कबहादुर खड्का, खिमलाल भट्टराई र गणेशकुमार पहाडी विजयी हुनुभएको छ ।

यस्तै खुल्लातर्फ नै गणेशसिंह ठगुन्ना, गिर्धारीलाल न्यौपाने, गुरुप्रसाद बराल, गोकुलप्रसाद बास्कोटा, गोरखबहादुर बोगटी, गोविन्द थापा, घनश्याम पाण्डे, घनश्याम भुसाल, चन्द्रबहादुर खड्का, चेतनारायण आचार्य, जगन्नाथ थपलिया, जीवन घिमिरे, झपटबहादुर रावल, टङ्कप्रसाद कार्की, ठाकुरप्रसाद गैरे, डा राजन भट्टराई, दधिराम न्यौपाने, दयालबहादुर शाही, दल रावल, दिवाकर देवकोटा, देवराज घिमिरे, देवीप्रसाद ज्ञवाली, देवेन्द्र दाहाल, नरबहादुर धामी, नवराज रावत, नारायणबहादुर सिलवाल, निर्मल भट्टराई, पठानसिंह बोहरा र पर्शुराम मेघी गुरुङ विजयी हुनुभयो ।

त्यस्तै सदस्यमै पार्वत गुरुङ, पुरुषोत्तम पौडेल, प्रकाशबहादुर साह, बलराम अधिकारी, बालकृष्ण ढुङ्गेल, भानुभक्त ढकाल, भिमप्रसाद आचार्य, भीमबहादुर कार्की, भीमबहादुर रावल, मणिचन्द्र थापा, मनोजगङ्ग थापा, महेश बस्नेत, माधवप्रसाद अर्याल, यज्ञराज सुनुवार, यामलाल कँडेल र रघुजी पन्त विजयी हुनुभएको जनाइएको छ ।

साथै रवीन कोइराला, रविन्द्र अधिकारी, राजबहादुर बुढा क्षेत्री, राजीव पहाडी, राजेन्द्रप्रसाद गौतम, राम राना, रामशरण बस्नेत, रामेश्वर फुँयाल, रोमनाथ ओली, लक्ष्मणराज ज्ञवाली, लक्ष्मी पोखरेल, विनोदप्रसाद ढकाल, शिवराज सुवेदी, शेरबहादुर तामाङ, शेरधन राई, श्रीप्रसाद जवेगु, सञ्जीवकुमार झा, सूर्य ढकाल, सूर्य थापा, सोम मिश्र र हिक्मतकुमार कार्की सदस्यमा विजयी हुनुभएको छ ।

निर्वाचनमा दुई हजार १५३ मतमध्ये २०९६ मत खसेको थियो । यही मङ्सिर १० गते नारायणी नदी किनारमा सुरु भएको उद्घाटनको बन्द सत्र सौराहामा भएको थियो । निर्विरोध गर्ने प्रयास सफल हुन नसकेपछि आज बिहान ४ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदान गरिएको हो । अन्य धेरै क्षेत्रका पदमा भने निर्विरोध भएको थियो ।

Categories: Nepal

नवनिर्वाचित अध्यक्ष ओली र पदाधिकारीले लिए सपथ

News of Nepal - Tue, 30/11/2021 - 15:35

चितवन ।

नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिअवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुन: केपी शर्मा ओलीलाई निर्वाचित गरेको थियो । बन्दसत्रमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले नवर्विाचित अध्यक्ष ओलीलाई सो पदको सपथ गराउनुभयो ।

अन्य पदाधिकारी र सदस्यलाई अध्यक्ष ओलीले सपथ गराउनुभयो । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार ८३७ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधि रहेका थिए । निर्वाचनमा उपाध्यक्षहरुमा अष्टलक्ष्मी शाक्यलगायत छ जना निर्वाचित हुनुभएको छ भने सो पदमा घनश्याम भुसाल पराजित हुनुभएको छ ।

सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षहरुमध्ये शाक्यले एक हजार ९७६, सुरेन्द्र पाण्डेले एक हजार ९२५, सुवास नेम्बाङले एक हजार ८६५, विष्णु पौडेलले एक हजार ८५६, युवराज ज्ञवालीले एक हजार ८४२, रामबहादुर थापा बादलले एक हजार ७६८ मत प्राप्त गर्नुभएको छ । भुसालले ७२५ मत प्राप्त गर्नुभएको थियो ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पद्यमा अर्याल विजयी हुनुभएको छ ।

सो पार्टीको केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा पुष्पराज कँडेल र केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा केशव वडाल निर्वाचित हुनुभएको छ । यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गर्नुभएको थियो । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिट्टै परिणाम निस्किएको हो ।

महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।

Categories: Nepal

पूर्वआइजिपी बोहरा कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

News of Nepal - Tue, 30/11/2021 - 15:10

न्युज अफ नेपाल, अछाम। 

पूर्वप्रहरी महानिरीक्षक(आइजिपी) मोतीलाल बोहरा नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कांग्रेसकाे १४ औँ महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नम्बर १ बाट बोहरा  ३४१ मतसहित विजयी भएका हुन् ।

उनले खस आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए ।  खस आर्यतर्फ पुरुषमा सबैभन्दा बढी तपेन्द्र खड्काले ४०९ मत ल्याएका छन् । यस्तै जयन्द्र बहादुर स्वाँरले ३६४ र हर्षप्रसाद भट्टले १७९ मत ल्याएर विजयी भएका छन् ।

Categories: Nepal

काभ्रेमा दुई चरणमा छुट मतदाता नामावली सङ्कलन

News of Nepal - Tue, 30/11/2021 - 13:20

मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मतदाता नामावली सम्बन्धी विशेष कार्यक्रम दुई चरणमा गर्ने तयारी गरेको छ । जिल्लामा रहेका १३ वटा पालिकामा १०/१० दिन कार्यक्रम सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनु भयो ।

जिल्ला स्थित राजनीतिक दल र सरोकारवाला निकायसँग अन्तर्क्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय काभ्रेले पहिलो चरणमा मसिंर १७ गते देखि २६ गतेसम्म बनेपा, पनौती, पाँचखाल, बेथान्चोक, खानि खोला र रोशी गाउँपालिकामा छुटेका मतदाताहरूको नामावली सङ्कलन गर्ने तयारी गरेको छ ।


जसका लागि स्थानीय तह, राजनीतिक दल र छुटेका मतदाताहरूलाई जानकारी गराउने गरी सरोकारवालाहरूलाई जानकारी गराइएको निर्वाचन अधिकारी राईले जानकारी दिनु भयो । दोस्रो चरण मसिंर २८ देखि पुष ८ गतेसम्म भुम्लु, चौरीदेउराली, तेमाल, महाभारत, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा हुनेछ ।

अभियान अवधिभर धुलिखेल नगरपालिकाका नागरिकहरुहरुको हकमा जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा रहेका दुवै केन्द्रहरूमा मतदाताहरूको नामावली सङ्कलन गरिनेछ । आयोगले मतदातामा नामावली छुट भएका व्यक्तिहरूलाई सक्कलै नागरिकता लिएर स्वयं उपस्थित हुन अपिल गरेको छ ।

नागरिकताको स्थायी ठेगाना र हाल बसोबास गरेको ठेगाना फरक रहेको अवस्थामा बसाई सराई सरेको कागज वा विवाह दर्ताको सक्कल कागज र एक प्रति फोटोकपी समेत साथमा लिएर आउन आयोगले अनुरोध गरेको छ । मतदाता छुट सङ्कलन गर्ने अभियानका बीचमा पालिकाका केन्द्रहरूमा नामावली एक स्थानबाट अर्काे स्थानमा सार्ने कार्यक्रम नगर्ने तर आयोगमा आवश्यक कागजात सहित आएको अवस्थामा प्रक्रिया सुरु गर्ने आयोगले बताएको छ ।


मतदाता स्वयं वा निजको परिवारको सदस्यले मतदाता सार्न खोजेको अवस्थामा नागरिकता सक्कल, मतदाता परिचयपत्र, सार्नु पर्ने कारण सहितको निवेदन र सक्कल कागजात आवश्यक हुनेछ । आयोगले आफ्नो नाम मतदाता सूचीमा भए नभएको हेर्न सकिने गरी आयोगको वेभ साइट www.election.gov.np   (इलेक्सन.जिओभी.एनपी) मा गएर खोज्न सकिने व्यवस्था गरेको छ ।

वेभसाईटमा गई प्रदेश, जिल्ला, नगरपालिका, वडा र मतदान केन्द्र छानेर सबमिट गरेपछि आफ्नो नाम भेट्टाउन सकिनेछ । एकै पटक १० जनाको नाम भेट्टाउन सकिने आयोगले जानकारी दिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा २०७४ सालको निर्वाचनमा २ लाख ७२ हजार २ सय ९२ जना मतदाता रहेकोमा २३ हजार २ सय ८० थप भई २ लाख ९५ हजार ५ सय ७२ पुगेको छ ।

जसमा महिला १ लाख ४५ हजार २ सय ६२ र पुरुष १ लाख ५० हजार ३ सय ९, तेस्रो लिङ्गी १ जनाले मतदाता सूचीमा नाम समावेश गरेका छन् । यो पटक थप केही हजार मतदाताहरू थप हुने आयोगले अपेक्षा गरेको छ । अन्तर्क्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, कार्यालय प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी थिए ।

अधिकांशले पालिकाको केन्द्रमा भन्दा वडा केन्द्रमा पुगेर छुत मतदाताको नामावली सङ्कलन गर्न सुझाव दिएका थिए । काभ्रेपलाचोक जिल्लामा १३ पालिका, २ वटा संघीय क्षेत्र र चार वटा प्रदेश निर्वाचन क्षेत्र छन् ।

Categories: Nepal

दलहरु महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेका छन् : प्रचण्ड

News of Nepal - Tue, 30/11/2021 - 12:52

यमलाल भुसाल, बुटवल ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पार्टीहरूले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको बताउनु भयो । अध्यक्ष दाहालले अन्य पार्टीहरू चुनावमा जुटेकाले आफ्नो पार्टी पनि चुनावको तयारीमा जुट्न लागेको बताउनु भएको छ ।

बुटवलमा मंगलबार आयोजित पार्टीका नेता रामप्रसाद बन्जाडे टंकमणिको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले पनि त्यसको तयारी गरिरहेको बताउनु भयो । प्रचण्डले तीनै तहको चुनावका लागि अहिलेदेखि नै सक्रियतापूर्वक लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिनु भयो ।

मुलुक चुनावतिर गइसकेको सङ्केत दलका महाधिवेशनहरूका गतिविधिले गरिरहेका छन्,’ उहाँले भन्नु भयो, ‘चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबिच आपसी समझदारी र सहकार्य जरुरी छ । उहाँले समाजवाद उन्मुख भइसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबिच सहकार्य जरुरी रहेको जिकिर गर्नु भयो ।

‘संविधानको समावेशी र समानुपातिक मूल्यमान्यतालाई आत्मसात् गर्दै जनताका चाहना पूरा गर्न सहकार्य र सहमतिको खाँचो छ,’ उहाँको कथन रहेको छ । प्रचण्डले पार्टीका दिवंगत नेता टंकमणि असामान्य व्यक्तित्व भएको भन्दै जनयुद्धको समयमा गुनासो रहे पनि शान्ति प्रक्रिया पछि उहाँ प्रतिको आरोप आफै खण्डन भएको दाबी गर्नु भयो ।

बन्जाडेले पार्टीमा मलाई यो चाहियो त्यो चाहियो भनेर कहिल्यै माग गर्नु भएन ,राष्ट्र र पार्टीको हितका लागि केही गर्ने उहाँको सपना पूरा गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने प्रचण्डले औँल्याउनु भयो । सहिद पार्क बनाउने कामलाई जिल्ला, प्रदेश र केन्द्रबाट सहयोग गर्ने प्रचण्डले प्रतिबद्धता जनाउनु भयो । पार्टीमा लामो योगदान रहका स्वर्गीय बन्जाडेको सडक दुर्घटनामा निधन भएको थियो।

Categories: Nepal

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम सम्पन्न

News of Nepal - Tue, 30/11/2021 - 12:51

काठमाडौं ।

नेपाली सेना र अमेरिकी सेनाबीच आज (मंगलबार) संचालन भएको संयुक्त तालिम “ पूर्व टीक नेल२२ ” को छाउनीस्थित एक कार्यक्रमकाबीच बलाध्यक्ष रथी सरोज प्रताप राणाले सम्पन्न गर्नु भएको छ ।

मित्रराष्ट्र अमेरिकाका महामहिम राजदूत रेन्डी डब्ल्यू बेरी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक निरन्जन कुमार श्रेष्ठ, श्री युद्धकार्य विभागका प्रमुख  निर्मल कुमार थापा लगायत नेपाली सेना तथा अमेरिकी सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।

उक्त तालिम नेपाली सेनाबाट विपद् व्यवस्थापनमा खटिदै आइरहेको प्रकोप मूल्याङ्कन र प्रतिक्रिया टोली (DART) बाट ४५ जना र अन्य सम्बद्ध निकायहरुबाट ४ जना गरी जम्मा ४९ जना तथा अमेरिकी सेनाका १७ जना गरी जम्मा ६६ जना सम्मिलित गराई काठमाडौं , पोखरा र अन्नपुर्ण वेश क्याम्प ईलाकामा संचालन भएको थियो ।

तालिममा शिक्षार्थीहरुलाई जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिईएको थियो ।  पोखरामा संचालन भएकोसमापन व्यायामको बलाधिकृत रथी बालकृष्ण कार्कीले समेत निरीक्षण गर्नु भएको थियो ।

Categories: Nepal

सशस्त्र प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा (नामावलीसहित)

News of Nepal - Tue, 30/11/2021 - 12:35

न्युज अफ नेपाल, काठमाडौं ।

सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० मा बढुवाको लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

एसपीबाट एसएसपीमा बढुवा हुनेहरुमा प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल र दिपेन्द्र कुँवर रहेका छन् ।

Categories: Nepal

सवारीसाधनसँग तर्सिएर भीरबाट खसेर दर्जनाैँ भेडाबाख्रा मरे

News of Nepal - Tue, 30/11/2021 - 12:31

मनाङ ।

सवारीसाधनसँग तर्सिएर भाग्दा मनाङमा दर्जन बढी भेडाबाख्रा मरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मस्र्याङ्दी नदीमा खसेर भेडाबाख्रा मरेका हुन् ।

सदरमुकाम चामे गाउँपालिका–१ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङ लगायतले सञ्चालन गरेको सिद्धार्थ भेडा फार्मका नौ भेडा र दुई बाख्रा मरेका छन् ।

भेडीगोठबाट बेँसी झर्ने क्रममा गत मङ्गलबार खोत्रो आइपुगेको र चामेतर्फबाट आएको जीप र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकलको बीचमा परेपछि तर्सिएर भाग्दा ३१ भेडाबाख्रा भीरबाट खसेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो ।

प्रमुख कुसुमका अनुसार भीरबाट ३१ भेडाबाख्रा खसेकोमा दुईवटा बाख्रा र नौवटा भेडा घटनास्थलमै मरेका छन् । सडक छेउमै रहेको भीरबाट करिब १५ मिटर तल खस्दा भेडा बाख्रा मरेका उहाँले बताउनुभयो ।

खबर प्राप्त भएसँगै कार्यालय प्रमुख कुसुमसहित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका टोली घटनास्थल पुगेर अनुगमन समेत गरेका थिए । स्थलगत अनुगमनको क्रममा घटना सत्य भएको र बाँकी घाइते भेडा बाख्राको उपचार समेत गरिएको कार्यालय प्रमुख कुसुमले बताउनुभयो ।

मरेका भेडाको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । आकस्मिक रुपमा पशुपालक किसानलाई क्षति पुगेकाले क्षतिपूर्ति दिने र किसानलाई व्यवसाय पुनःस्थापना कार्यक्रमबाट सम्बोधन हुनेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

व्यावसायिक भेडाबाख्रापालन हुँदै आएको सिद्धार्थ भेडा फार्ममा हाल ५०० भेडाबाख्रा छन् । गर्मी मौसममा समुद्री सतहबाट तीन हजार मिटरमाथि उचाइमा पुग्ने मनाङका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्ने गरिन्छ । किसानले भेडीगोठबाट भेडाबाख्रालाई लमजुङको खुदी, भुलभुलेसम्म झर्ने गर्दछन् ।

Categories: Nepal

उपसभापति निधिको उपस्थितिमा डडेलधुरा कांग्रेसको अनशन स्थगित

News of Nepal - Tue, 30/11/2021 - 12:13

न्युज अफ नेपाल, काठमाडौँ  ।

एकलौटी ढंगबाट क्रियाशील सदस्यता वितरण गरी गराइएको जिल्ला अधिवेशन बदरको माग गर्दै गराएको अनसनमा बसेका नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्ल सहितका नेताहरूले अनसन स्थगित गरेका छन्। पार्टी कार्यालय सानेपामा जारी अधिवेशनको १४ औँ दिनमा उपसभापति विमलेन्द्र निधिको आग्रहपछि उनीहरूले अनसन स्थगित गरेका हुन्।

डडेल्धुराको मागप्रति आफू सकारात्मक भएको भन्दै उपसभापति निधिले यस विषयमा आफूले सभापति शेरबहादुर देउवासँग मौखिक र लिखित रूपमै पुनः वडा अधिवेशन गर्न आग्रह गरेको स्मरण गराए। यसबारे सुरुमा सभापति देउवा सकारात्मक भए पनि कार्यान्वयन नभएको उल्लेख गरे।

जिल्लाबाट सिफारिस भएर आएका क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाट सिधै नाम थपेपछि विवाद उत्पन्न भएको हो। नेता निधिले सदस्यता छानबिन नगरी निर्वाचन प्रक्रिया अघि बढाउनु विडम्बनापूर्ण भएको बताए। निर्वाचन समितिका सदस्यहरूबिच सहमतिका आधारमा निर्णय गर्नुपर्नेमा अल्पमत र बहुमतका आधारमा निर्णय हुनु दुःखद भएको निधिको भनाई थियो।

आफ्ना मुद्धाहरुलाई पार्टीका विभिन्न फोरममा राख्दै १४ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउनका लागि अनशन स्थगित गर्न निधिले आग्रह गरेका थिए। उनले डडेलधुरा कांग्रेसको मागप्रति ऐक्यबद्धता जनाए।  क्रियाशील सदस्यता विवादपछि डडेल्धुरामा जारी ११ दिनको अनशनपछि सभापति मल्लसहितका नेताहरू काठमाडौँ आएर अनशन बसेका हुन्।

Categories: Nepal

इन्टरपोलको महासभामा भागलिई प्रहरी प्रमुख थापा स्वदेश फिर्ता

News of Nepal - Tue, 30/11/2021 - 11:57

काठमाडौं ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को महासभामा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।

टर्कीको इस्तानबुलमा यही मङ्सिर ७ देखि ९ गतेसम्म इन्टरपोलको ८९औँ महासभा भएको थियो । उक्त महासभामा सहभागी प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सबिन प्रधानसमेत स्वदेश फिर्ता हुनुभएको छ ।

उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा स्वागत गर्नुभयो । ८९औँ महासभामार्फत दी फेडेरेटेड स्टेट्स अफ माइक्रोनेसियाले १९५औँ सदस्य राष्ट्रका रुपमा नयाँ सदस्यता प्राप्त गरेको छ । इन्टरपोलको ९०औँ महासभा भारतको नयाँ दिल्लीमा आयोजना हुने निर्णय भएको र चालु महासभाले ९१औँ महासभा अस्ट्रियाको राजधानी भियनामा आयोजना गर्ने निर्णय गरेको छ ।

महासभाले इन्टरपोल अध्यक्षमा युएईका अहमद नासिर अल रैसी अफ्रिका महादेशका लागि उपाध्यक्षमा नाइजेरियाका गार्बा बाबा उमर र अमेरिका महादेशका लागि ब्राजिलका भाल्डेसी उरक्विजा सहित नौजना कार्यकारी सदस्यहरू मनोनयन गरेको छ ।

महासभामा सहभागी १९५ इन्टरपोल सदस्य राष्ट्रका प्रमुख तथा प्रतिनिधिले इन्टरपोलको कार्यकारी समितिसम्बन्धी कानुनी व्यवस्था, इन्टरपोलको रणनीतिक योजना ९२०२२–२०२५० कार्यक्रम तथा बजेट, कार्यनीति तथा रणनीति साझेदारी, बालबालिकाविरुद्धका अपराध, विद्युतीय अपराध, आतङ्कवाद, मानव बेचबिखन जस्ता अपराधलगायत विविध विषयमा छलफल भई महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महासभाको दौरानमा भारत, युएई, दक्षिण कोरिया, बङ्गलादेश, टर्कीलगायत मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटघाट गरी द्विपक्षीय हित तथा सहयोग आदानप्रदानका विषयमा छलफल गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Categories: Nepal

स्विडेनकी प्रथम महिला प्रधानमन्त्री एक सातामा दोस्रो पटक निर्वाचित

News of Nepal - Tue, 30/11/2021 - 11:56

स्टकहोम ।

स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकी अन्डेर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

अघिल्लो पटक स्विडेनको संसद्ले उहाँलाई प्रधानमन्त्री बनाएको थियो । तर उहाँलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उहाँले एक दिनमै राजीनामा दिनु परेको थियो ।

समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उहाँको बजेट संसद्बाट पारित नहुने भएपछि उहाँले राजीनामा दिनु भएको थियो । त्यसअघि अर्थमन्त्री रहनु भएकी अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत हुनुहुन्छ ।

Categories: Nepal

मुख्यमन्त्री शाहीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

News of Nepal - Tue, 30/11/2021 - 11:50

वीरेन्द्रनगर ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो । उक्त प्रस्तावको मत विभाजन भने बुधबार बस्ने बैठकमा गराइने भएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सदस्यहरू अनुपस्थित रहेका कारण विश्वासको मतसम्बन्धी थप प्रक्रिया अघि नबढाई बैठक भोलिसम्मका लागि स्थगित गरिएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।

एमालेको १०औँ महाधिवेशन जारी रहेको र प्रदेशसभा सदस्यहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका कारण पनि मङ्गलबारको बैठक औपचारिकतामा सीमित भएको थियो ।

बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपनि प्रमुख प्रतिपक्ष अनुपस्थित भएकाले भोलिसम्मका लागि स्थगित गरिएको जनाइएको छ । अधिवेशन सकिएकाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोलिको प्रदेशसभा बैठकमा सहभागी हुने जनाएको छ ।

Categories: Nepal

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित

News of Nepal - Tue, 30/11/2021 - 11:38

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा उम्मेदवारी दिएक घनश्याम भुसाल पनि पराजित भएका छन् । उनले जम्मा ७३५ मतका पाएका छन् । यस्तै अष्टलक्ष्मी शाक्य १९७६ मत ल्याएर विजयी भएकी छन् ।

उनले उपाध्यक्षमा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएकी हुन् । यस्तै सुरेन्द्र पाण्डेले १९३५ मत, रामबहादुर थापा बादलले १७६८, विष्णु पौडेलले १८५८ मत, युवराज ज्ञवालीले १८४३ मत र सुवास नेम्वाङले १८५५ मत ल्याएका छन् ।

यद्यपि उनीहरुलाई निर्वाचन आयोगले उनीहरु निर्वाचित घोषणा गर्न बाँकी छ छ। उपाध्यक्षमा विजयी भएकाहरु सबै केपी ओलीले बन्दसत्रमा पेश गरेका नामहरू हुन् ।

Categories: Nepal

अछाममा बस दुर्घटना, १२ जना घाइते

News of Nepal - Tue, 30/11/2021 - 11:29

न्युज अफ नेपाल, अछाम ।

अछाममा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बस पल्टिएर उल्टो फर्किएकाले दुई जना च्यापिएका छन् । उनीहरुलाई उद्धारको कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको बस कैलाश खोला  नजिक दुर्घटना भएको हो ।

उद्धार गरिएका घाइते १० जनामध्ये ६ जनालाई जिल्ला अस्पताल मंगलसैन र ४ जनालाई बयालगडा अस्पताल लगिएको प्रहरीले बताएको छ । बस दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।

फोटो सौजन्य : बान्नीगढी टुडे

Categories: Nepal

त्रिविका शिक्षकले एक पटक परीक्षामा भिड्न पाउने

News of Nepal - Tue, 30/11/2021 - 11:21

न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले आंशिक शिक्षकलाई एक पटकको  परीक्षामा भिड्न पाउने अन्तिम मौका दिइएको छ ।  त्रिविको हिजो बसेको सिनेटको बैठकले परीक्षामा सहभागि हुँदा उमेर हद नलाग्ने निर्णय गरेको छ । विश्वविद्यालयको आज बसेको त्रिवि सभा(सिनेट)को बैठकले सो निर्णय गरेको हो । देशभरका आंशिक शिक्षकले स्थायी हुनुपर्ने माग गर्दै त्रिविउपकुलपति कार्यालयमा धर्ना दिँदै आएका थिए ।

 नेपाली कांग्रेस निकट प्राध्यापक संघको निर्देशनमा उनीहरु धर्ना बसेका हुन । देशभरका आंगिक क्याम्पसबाट काठमाडौँ आएका आंशिक शिक्षकले स्वतः वा विशेष विज्ञापन खुलाएर स्थायी नियुक्ति दिन माग गरेका छन् । सो मागलाई सम्बोधन गर्ने क्रममा सिनेटको बैठकले बिसं २०७९मा विशेष विज्ञापन गर्दा ती शिक्षकलाई उमेर हद नलाग्ने निर्णय गरेको छ ।

 त्यस्तै करार शिक्षकलाई विशेष विज्ञापन खुलाएर स्थायी प्रक्रिया अघि बढाउने निर्णय भएको थियो । बैठकमा बोल्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविको खासलाई अझै उचाइमा पु-याउन सबैको सहयोग रहेको बताउनुभयो । करिब ५ मिनेट बोल्ने क्रममा उहाँले लामो समयदेखि देखिएका शिक्षक र कर्मचारीको समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो ।

 बैठकले लामो समयदेखि करारमा कार्यरत कर्मचारीलाई विशेष व्यवस्था गर्ने निर्णय गरेको छ । कार्यालय सहयोगी वा सो सरहको कर्मचारीको हकमा १० वर्ष सेवा गरेकालाई स्थायी गर्ने उल्लेख छ । अन्य कर्मचारीको विषयमा कुनै निर्णय भएन । बैठकमा आर्थिक वर्ष २०७८-०७९ को बजेट, नीति तथा कार्यक्रम पारित गरिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिविमा  देखिएको समस्या समाधान गर्न आफू तयार रहेको बताउनुभयो । बैठकमा उपकुलपति प्राडा धर्मकान्त बास्कोटा, रजिस्ट्रार पेशल दाहाल र शिक्षाध्यक्ष शिवलाल भुषालले आफ्नो विषयमा जानकारी गराउनुभएको थियो ।

Categories: Nepal

एमाले अध्यक्षमा ओली विजयी

News of Nepal - Tue, 30/11/2021 - 11:02

न्युज अफ नेपाल, चितवन ।

नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए । मत परिणामबारे केहीबेरपछि आधिकारिक घोषणा हुने आयोगका सचिव बाबुराम दाहालले बताउनुभयो ।

यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गर्नुभएको हो । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिटै परिणाम निस्किएको हो । कतिपय प्रतिनिधिले अध्यक्षका दुवै उम्मेदवारलाई मत दिएको बुझिएको छ ।

अध्यक्ष ओली गत नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङकर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो ।

अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।

उपाध्यक्ष पदमा हलमा प्रस्तुत भएको नामावली अतिरिक्त उम्मेदवारी दिएका भुसाल अन्य उम्मेवारका तुलनामा पछि पर्नुभएको छ ।नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक आजै सौराहामा हुँदैछ ।

Categories: Nepal

एमाले महाधिवेशन : रावललाई फराकिलो मतअन्तरसहित ओली अगाडी

News of Nepal - Tue, 30/11/2021 - 10:30

न्युज अफ नेपाल, काठमाडौं ।

 नेकपा एमालेको जारी नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आइरहेको छ। मत परिणाम अनुसार ओलीले१ हजार ९ सय मत ल्याउँदा रावलको पक्षमा १ सय ९६ मत मात्रै झरेको छ।

निर्वाचन आयोगका अनुसार ओलीले रावललाई धेरै फराकिलो मतले पछि पारेका हुन्। अहिले सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फ्रेन्स हलमा मतगणना भइरहेको छ।  एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको छ। अध्यक्षमा केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच प्रतिस्पर्धा भएको छ। एमालेको नेतृत्व चयनका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान भएको थियो।

 

Categories: Nepal